बैशाख २३, २०८१, आइतबार
               

सुष्मा विश्व बक्सिङ च्याम्पियनसिपको लागि छनोट

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट सुष्मा तामाङ छनोट भएकी छन् । सातदोबाटोमा मंगलबार भएको महिला ४८ किलो तौल समूहको छनोट खेलमा नक्सालकी तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अंकले पराजित गर्दै विश्व च्याम्पियनसियपको लागि छनोट भएकी हुन्। 

यस्तै महिला ६० किलो तौल समूहमा बक्समाडौंकी डेचेन शेर्पा फाइनलमा प्रवेश गरेकी छन् । उनले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शुन्यका विरुद्ध पाँच अंकले पराजित गरेकी हुन् । उनले फाइनलमा बुधबार आरडिएस क्लबकी सुमिना खड्कासँग प्रतिस्पर्धा गर्ने बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिए । खड्का वाई पाएर फाइनलमा प्रवेश गरेकी हुन् । 

छनोट प्रतियोगिता कार्यक्रममा राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दीपक महर्जनलगायतको उपस्थिति रहेको थियो । विश्व बक्सिङ च्याम्पियनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ । 

यो पनि