बैशाख २२, २०८१, शनिबार
               

दोस्रो टी–२० क्रिकेटमा भारतले इङ्ल्याण्डलाई हरायो

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । दोस्रो टी–२० क्रिकेट खेलमा इङ्ल्याण्डलाई भारतले  ७ विकेटले हराएको छ । गएराति भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सम्पन्न भएको उक्त खेलमा भारत ७ विकेटले विजयी भएको हो ।

इङ्ल्याण्डले दिएको १६५ रनको विजयी लक्ष्य भारतले १३ बल बाँकी छदैँ ३ विकेट गुमाएर पुरा गरेको थियो । भारतको लागि टी–२० मा डेब्यु गरेका ईशान किसानले आक्रामक ब्याटिङ गरेर ३२ बलमा ५६ रन बनाएका थिए ।

यस्तै कप्तान विराट कोहलीले शानदार ब्याटिङ गर्दै ४९ बलमा ७३ रन बनाएर नटआउट रहे ।  त्यस्तै, ऋषभ पन्तले २६ रन बनाए । इङ्ल्याण्डका शाम करन, क्रिश जोर्डन र आदिल रसिदले १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गमाएर १६४ रन बनाएको थियो । उसका लागि जेसन रोयले ४६ रन बनाएका थिए ।

यस्तै कप्तान इयोन मोर्गनले २८ रन बनाउँदा डेविड मलान र बेन स्टोक्सले समान २४ तथा जोनी बेयरस्टोले २० रन बनाए। भारतका वाशिंटन सुन्दर र शार्दुल ठाकुरले २र२ विकेट लिए। जितसँगै भारतले ५ खेलको सिरिजमा १–१को बराबरी कायम गरको छ । 


कस्तो लाग्यो ?

यो पनि