बैशाख २२, २०८१, शनिबार
               

एनबिए कप च्याम्पियनसिप चैत्र दोस्राे साता

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गर्ल्स यु – १७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । र्‍याङ्किङ्ग प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, बिभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफल क्बलका खेलाडीहरूले सहभागिता जनाउन पाउने छन् ।

करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन बिजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

युस्तै युगलतर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै यु – १७ ब्वाईज तथा गर्ल्सका शीर्ष तीन विजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि