जेठ ०५, २०८१, शनिबार
               

प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप उपाधि

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् ।

पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबीच उपाधिका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे । उनले एपिएफका दिपेश धामीमाथि २३/२१, २१/१८ को जित निकाले ।  यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला समेत लिएका छन् ।

बिजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपjlजयी खेलाडीले नगद ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका पुलिस क्लबका बिष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०/१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै क्वाटरफाईनलिष्ट सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोज बहादुर गुरुङ्गले नगद ५/५ हजार प्राप्त गरे ।

आईतबार साङ्गलास्थित साईनोको कभर्डहलमा भएको महिला एकल तर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१/१०, २१/१७ को सोझो सेटमा पराजित गर्दै राईले उपाधि हात पारेकी हुन् । राईले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै उपविजेता गिरीले नगद १५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङ्गकी तारा आले प्रत्येकले नगद ७ हजार ५०० मेडल र प्रमाण पत्र प्राप्त गरे ।


कस्तो लाग्यो ?

यो पनि