जेठ ०५, २०८१, शनिबार
               

भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल हुँदै

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं  । भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आइतबार  साँझ नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुँदैछ ।

पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले सहज जित निकालेको थियो । आजको खेल पनि जित्दै इंग्ल्यान्ड शृंखलामा अग्रता दोब्बर बनाउने योजनामा हुनेछ ।

घरेलु टिम भारत पनि आजको खेलमा जित निकाल्दै शृंखलामा बराबरीको स्थितिमा पुग्न चाहन्छ ।

पहिलो खेलमा भारतको ब्याटिङ नचल्दा लज्जास्पद हार व्यहोर्नुपरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर मात्र १२४ रन बनाएको थियो । इंग्ल्यान्डले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि