जेठ ०५, २०८१, शनिबार
               

मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । १०६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनायो । एपीएफले पाँच रनमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर १० रन छँदा उसले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाउन पुग्यो ।

बलिङतर्फ गुल्सन झा र सागर ढकालले चार/चार विकेट लिए । यस्तै पवन शर्राफ र ललित राजवंशीले एक एक विकेट लिए । प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र काठमाडौँ मेयर ११ सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि