जेठ ०५, २०८१, शनिबार
               

उपाधि जित्न पुलिसलाई सामान्य लक्ष्य

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १0६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १0५ रन बनायो । एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८/१८ रन बनाए ।

भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए । कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।

कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए ।  एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४/ ४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि