जेठ ०५, २०८१, शनिबार
               

मेयर कप क्रिकेट : बागमतीसँग आर्मी पराजित

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्मन्न प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई  १० रनले पराजित गरेकाे छ ।

२६७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आर्मी १७ बल बाँकी छँदा २५६ रनमा समेटियाे । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक बनाए पनि टिमलाई जिताउन सकेनन् । त्यस्तै, लोकेश बमले ४६ र करण केसीले २४ रन बनाए । बागमतीका आरियो पौडेलले पाँच र रामनरेश गिरीले दुई विकेट लिए ।

यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी छँदा सबै विकेटको क्षतिमा २६६ रन बनाएको थियो । बागमतीका लागि पारस खड्काले शतक बनाए । पारसले ११९ रन बनाएका थिए । त्यस्तै, नन्दन यादवले २५ बलमा पाँच चौका र एक छक्कासहित ४२ रनमा अविजित रहे ।


कस्तो लाग्यो ?

यो पनि