जेठ ०१, २०८१, मंगलबार
               

मेयर कप क्रिकेटमा बागमतीको पहिलो जित

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ । बागमतीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २७ रनले पराजित गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा वाग्मतीले टस हारेर ब्याटिङ गर्दै ५० ओभरमा छ विकेट गुमाएर २३३ रन बनायो । दुई सय ३४ रनको विजय लक्ष्य पछ्याएको एपीएफले ४४ दशमलव पाँच ओभरमा सबै विकेटको क्षतिमा २०६ रन मात्र बनायो ।

बागमतीका लागि नन्दन यादवले अविजित ६०, कप्तान ज्ञानेन्द्र मल्ले ५७, आदिल खानले ३४, इशान पाण्डेले ३१, पारस खड्काले २९ रन बनाए । बलिङतर्फ एपीएफका किशोर महतो र अमर रौटेलाले दुई–दुई तथा अविनाश बोहरा र वसन्त रेग्मले एक–एक विकेट लिए । 

यस्तै एपीएफका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ५०, शङ्कर रानाले २९, अमर रौटेलाले २७, सन्दीप जोराले २५, भुवन कार्कीले १४, वसन्त रेग्मीले ११ तथा किशोर महतोले ११ रन बनाए ।

बलिङतर्फ बागमतीका लागि सोनु देवकोटाले छ तथा आरियो पौडेल र रामनरेश गिरीले दुई–दुई विकेट लिए । प्लेयर अफ दी म्याच वाग्मतीका सोनु देवकोटा घोषित भए । 


कस्तो लाग्यो ?

यो पनि