जेठ ०१, २०८१, मंगलबार
               

शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री कुमारी विजयी

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा श्री कुमारी क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री कुमारी क्लबले टुसाल क्लबलाई ४–० गोल अन्तरले पराजित भएको हो ।

श्री कुमारीका लागि आशिष राईले दुई तथा सन्तोषकुमार सिंह र विवेक पुनले एक एक गोल गरे । खेलको ११औँ मिनेटमा सन्तोष कुमार सिंहले पहिलो गोल गरे । 

यस्तै खेलको २४औँ मिनेटमा विवेक पुनले दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा श्री कुमारीका लागि आशिष राईले तेस्रो गोल गरे । खेलको ६७औँ मिनेटमा आशिष राईले गोल गर्दै आफ्नो टोलीलाई चार शून्य गोलअन्तरले जित दिलाए ।

जितसँगै श्री कुमारीले ११ खेलबाट १४ अङ्क जोडेको छ । श्री कुमारी लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै टुसाल ९ अङ्कका साथ लिगको १०औँ स्थानमा छ ।  

यो पनि