जेठ ०१, २०८१, मंगलबार
               

कम्बोडियाका सबै खेल बन्द गर्न निर्देशन

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

न्होम पेन । कम्बोडियामा तत्कालका लागि सबै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ । समुदायस्तरमा कोरोना भाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् । 

कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुँदै गएको छ । ‘पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको छ,’ शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरुमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरु नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ । जीम, खेल क्लबहरु, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ ।  त्यसैगरी भीडभाड हुने अन्य गतिविधिहरुका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि