जेठ ०२, २०८१, बुधबार
               

काठमाडौं मेयर ११ विरुद्धको खेलमा आर्मी विजयी

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर ११ विरुद्धको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई पाँच विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं मेयर ११ ले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १५५ रन बनायो ।

१५६ रनको विजय लक्ष्य आर्मी क्लबले २३ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । आर्मीका लागि सोमपाल कामीले ५१ बलमा ९ चौका र ६ छक्काको मद्दतमा ८०, भीम सार्कीले १६, कुशल मल्लले २३ तथा कप्तान विनोद भण्डारीले अविजित २० रन बनाए । बलिङतर्फ काठमाडौं मेयर ११ का सन्दीप लामिछाने र विपिन कार्कीले दुई/दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा काठमाडौँ मेयर ११ का लागि सौरभ खनालले ४२, सन्दीप रजालीले ३७, खडक बोहराले १९ हरिशङ्कर साहले १८ तथा कप्तान सन्दीप लामिछानेले १३ रन बनाए । बलिङतर्फ आर्मीका लागि साहब आलमले चार, जितेन्द्र मुखियाले तीन तथा सोमपाल कामी, विक्रम सोव र कुशल मल्लले एक/एक विकेट लिए । 


कस्तो लाग्यो ?

यो पनि