बैशाख १७, २०८१, सोमबार
               

युनाइटेडद्वारा सिटी २–० गोलले पराजित

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोलको अन्तरले पराजित गरेको छ । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकएक गोल गरेका थिए ।

उक्त खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरेका हुन् । त्यस्तै खेलको ५०औँ मिनेटमा लुकीसोले गरेको गोल नै निर्णायक बन्यो ।

जीतपछि  युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो। जितपछि युनाइटेड ५४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि