जेठ ०१, २०८१, मंगलबार
               

इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

भारतले इंग्ल्यान्डलाई चौथो टेष्ट खेलमा २५ रनको इनिङ अन्तरले पराजित गर्दै आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

पहिलो इनिङमा १६० रनले पछि पारेको इंग्ल्यान्ड दोस्रो इनिङमा १३५ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भयो । चार टेष्टको सिरिज भारतले ३–१ ले जित्दै फाइनलमा पुगेको हाे । 

विश्व टेष्ट च्याम्पियनसिपको फाइनल आगमी जुनमा लर्ड्समा हुने छ । फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने छ ।


कस्तो लाग्यो ?

यो पनि