जेठ ०१, २०८१, मंगलबार
               

‘शहीद स्मारक डिभिजन’ मा श्री भगवती क्लब विजयी

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ ।     

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गरेका हुन् । झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो । झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक–एक गोल फर्काएका थिए । 
    
खेलको ११औँ मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गरे । खेलको ३२औँ मिनेटमा झम्सिखेलका स्याङ्तानले गोल गरेका थिए । यस्तै खेलको ५६औँ मिनेटमा भगवतीका गुरुङले तथा ७०औँ मिनेटमा चौधरीले गोल गरे । खेलको ८४औँ मिनेटमा भगवतीका थापाले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–२ ले विजयी गर्रा ।  

यस जीतसँगै भगवती ९ खेलबाट ९ अङ्क जोड्दै लिगको आठौँ स्थानमा उक्लेको छ । यस्तै झम्सिखेल नौ खेलमा ६ अङ्क जोडेर एघारौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।   


कस्तो लाग्यो ?

यो पनि