जेठ ०१, २०८१, मंगलबार
               

लामो समयपछि कोर्टमा फर्किएका विवेक क्वाटरफाइनलमा

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

लामाे समय कोर्टबाट बाहिर रहेका पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहीबार जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१-१४, २१-१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । विवेक २०६४ सालमा चितवनमा भएको ३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु १६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन् ।

उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरकै रत्नजित तामाङ्गलाई पराजित गर्दै च्याम्पियन भएका थिए । यस्तै उनी सिनियरतर्फ राष्ट्रिय च्याम्पियनमा सेमिफाइनलिष्ट र पुरुष युगल तर्फका पनि फाइनलिष्ट खेलाडी रहिसकेका छन् । 

३ वर्ष अगाडि सुनसरीको ईटहरीमा भएको ७ औं पुष्पलाल र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितापश्चात उनी घरायसी कारणले खेललाई अगाडी बढाउन सकेका थिएनन् । तर ३ वर्षपछि उनी काेर्टमा फर्किएका हुन् । 

विवेकले पुरुष युगलतर्फ पनि जित निकाले । उनले विशाल तामाङ्गसँग मिलेर दिङ्गला भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्ध तामाङ्गको जोडीलाई २१-१७, २१-१६ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि