बैशाख २३, २०८१, आइतबार
               

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा मीनराज भट्ट चयन

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा मीनराज भट्ट चयन भएका छन् । 

मंगलबार संघको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्टले अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्द्वी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै सो पदमा चयन भएका हुन् ।  

कुल १२४ मतमध्ये भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका थिए । संघको उपाध्यक्षमा दीलबहादुर धामी र राजकिरण जोशी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा राकेशबहादुर चन्द, कोषाध्यक्षमा राजेन्द्र थापा र सदस्यमा वासुदेव भट्ट, उत्तमकुमार बोहोरा, लोकेन्द्र कार्की र सुरेन्द्रप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि