बैशाख २१, २०८१, शुक्रबार
               

महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स चयन

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन ग्यारी फिलिप्सलाई  चयन गरेको छ । एन्फाको टेक्निकल कमिटीले बिहीबार महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन ग्यारी फिलिप्सलाई चयन गरेको हो । उनलाई एएफसी एसियन कप छनोट र महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षक बनाएको बताइएको छ । ग्यारीले एक वर्ष एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा काम गरेका थिए ।

ग्यारी २०७६ साल कार्तिक १४ गते एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा आएका थिए । एक वर्ष सो पदमा रहेर काम गरेका उनलाई एन्फाले थप एक वर्ष जिम्मेवारी दिएको थियो । उनले यसअघि पिएनजीको महिला टिमको पनि प्रशिक्षण सम्हालेका थिए । यसका साथै मलेसियाको शीर्ष डिभिजन क्लबका प्राविधिक निर्देशक पनि भएका थिए ।

नेपालमा भएको १३ औँ सागको फाइनलमा पराजित भएपछि नेपाली महिला फुटबल टिम मुख्य प्रशिक्षकविहीन थियो । त्योबेलाका प्रशिक्षक हरी खड्काले हारपछि सो पदबाट राजीनामा दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि