जेठ ०१, २०८१, मंगलबार
               

टी–२० मा अष्ट्रेलियामाथि न्युजिल्याण्ड चार रनले विजयी

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर २१५ रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसले ३७ बलमा ७८ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीको हार भने टार्न सकेनन् । साम्सले १५ बलमा  ४१ रनको योगदान दिए । एक समय १३ ओभरमा ११३–६ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई सातौं विकेटका लागि साम्स र स्टोइनिसले ९२ रनको उत्कृष्ट साझेदारी गर्दै खेललाई रोमान्चक बनाएका थिए ।

युवा विकेटकिपर जोश फिलिपे ३२ बलमा ४५ रनको योगदान दिए । ओपनर म्याथ्यु वेड १५ २४ रनमा क्याच आउट भए । आरोन फिन्च १२ र ग्लेन म्याक्सवेल ३ रनमा आउट भए ।

न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनारले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । जेम्श निशमले १ ओभरमा १० रन खर्चेर २ विकेट लिए । ईश सोधी र टिम साउथीले १–१ विकेट लिए ।

त्यसअघि बिहिबार बिहान युनिभर्सिटी ओभल डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१९ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान दिए ।

यो जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले दुई–शून्यको अग्रता बनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि