बैशाख ३०, २०८१, आइतबार
               

उमेरले छेक्न सकेन सुरेन्कोको सुन्दरता

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

तत्कालीन सोभियत संघको विघटन हुनुभन्दा २ वर्षअघि मात्र लेसिया भिक्टाेरिभ्ना सुरेन्कोको जन्म भएको हो । दोस्रो जन्मोत्सव मनाएको केही महिना मै उनको राष्ट्रियताको परिचय बदलियो । सोभियतबाट उनी युक्रेनी नागरिकमा रूपान्तरित भइन् । लगाव टेनिसमा बढाइन् । सफलताका चुचुरो नाप्दै गइन् ।

टेनिस खेल्न थालेको निकै वर्ष भइसक्यो । ग्रान्ड स्लाम जित्न सकेकी छैनन् । उमेर ढल्कँदो छ । १९८९ मा जन्मिएकी सुरेन्कोले उमेरको छेकवारलाई तोडेर सौन्दर्यका कारण दर्शकको मन जिती रहेकी छन् । पूर्व रसियाकी खेलाडी अन्ना कुर्निकोभा झैँ वा केही कम । कुर्निकोभाले पनि कहिल्यै ग्रान्ड स्लाम नजिते पनि प्रसिद्धिको मामिलामा कमै खेलाडी उनको नजिक पुग्न सकेका छन् । तर, इतिहास कै सर्वाधिक कामुक महिला टेनिस खेलाडी कुर्निकाेभासँग सुरेन्कोको सुन्दरताको तुलना गर्नु उनलाई नै गिज्याए जस्तो पनि हुन्छ । उनको सुन्दरता टेनिस ड्रेसमा जति खुल्छ, सामुन्द्रिक किनारामा झनै खुल्छ । उनको कामुकतालाई उमेरले बन्देज भने लगाइ सकेको छैन ।

५ फिट ९ इन्च अग्ली सुरेन्कोको सुन्दरता हेर्न मात्र कोर्टमा पुग्ने कम छैनन् । त्यसै पनि सुन्दरताको मामिलामा रसियाकी मूलका महिला टेनिस खेलाडीहरूले कोर्ट भित्र र बाहिर राज गरी रहेका छन् । त्यसैको निरन्तरताका रूपमा सन् २०२० मा सुरेन्को सुन्दरताको चर्चा निकै भयो । 

चालू अस्ट्रेलियन ओपनको पहिलो चरणमा हार व्यहोरि सकेकी सुरेन्कोलाई देख्ने बित्तिकै “सेक्सी” नभन्ने कमै होलान् ।

सन् २०१३ मा ब्रिस्बेन इन्टरनेसनलको सेमिफाइनलसम्म पुगेर उनले आफूलाई चिनाउन थालेकी थिइन् । सन् २०१५ मा इन्डियन वेल्स ओपन नै उनले जितेको पहिलो डब्ल्युटिए उपाधि थियो । यस्तै सन् २०१८ को युएस ओपनको क्वार्टर फाइनलसम्म पुग्नु नै ग्रान्ड स्लाममा उनको सबैभन्दा ठुलो सफलताका बनेको छ ।

यो पनि