बैशाख ०८, २०८१, शनिबार
               

सन्दीप आइपिएलका लागि भएनन् छनोट

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ सिजनका लागि  कुनै पनि टिमले लिएनन् । 

लगातार तीन सिजन दिल्ली क्यापिटल्स्बाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको ‘अक्सन’मा कुनै पनि टिममा नपरेका हुन् । 

उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ रहेको थियो।

आइपिएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ।

सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आइपिएलका लागि आबद्ध गरेको थियो। उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए । अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो ।

मोरिस आइपिएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने।  यस्तै १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ।

यो पनि