बैशाख २९, २०८१, शनिबार
               

आइपिएल अक्सन आज : सन्दीपलाई लिन सक्ने ३ सम्भावित टिम

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल)को खेलाडी किनबेच (अक्सन) आज हुँदैछ । चेन्नईमा हिउँसो सवा तीन बजेदेखि अक्सन सुरु हुनेछ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् ।

यसपटकको आइपिएल अक्सनमा नेपालबाट सन्दीप लामिछानेमात्रै परेका छन् । ८ खेलाडीले नाम दर्ता गराए पनि अन्तिम सूचीमा सन्दीपमात्रै परेका हुन् ।  यसअघि दिल्ली क्यापिटल्समा ३ सिजन बिताएका सन्दीपले गएको सिजनमा कुनैपनि खेल खेल्न पाएका थिएनन् । यसपटक दिल्लीले उनलाई रिलिज गरेसँगै नयाँ टिममा अनुबन्धको अवसर सन्दीपले पाएका छन् ।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन् । तर स्पिनरको कोटा खाली हेर्दा मुम्बई र पन्जाबमा झिनो सम्भावना देखिन्छ । विश्वस्तरीय स्पिनरको प्रतिस्पर्धा बढी हुँदा सन्दीप नबिक्ने सम्भावना यस सिजनमा उच्च देखिन्छ । यसबीचमा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले आइपिएल टिम सनराइजर्स हैदरावादले खरिद गर्नुपर्ने ३ खेलाडीको सूचीमा सन्दीपलाई पनि समेटेको छ । 

अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने छन् । फ्रेन्चाइज टोलीको अक्सनमा खर्च गर्न पाउने कुल रकम १९६ करोड ६० लाख भारु छ । अक्सन कुनै पनि टोली सन्तुलन, बलियो र उत्कृष्ट बनाउने अन्तिम र सबैभन्दा राम्रो मौका र अवसर हो । अक्सनमा जुन टोलीको प्रशिक्षक र कप्तानले राम्रो खेलाडी छनोट गर्न सक्छन् त्यहीँ टोली पछि च्याम्पियन बन्ने गर्दछ । गतवर्ष कमजोर देखिएका पन्जाब, राजस्थान, चेन्नई, कोलकता, बेंगलोरले अक्सनमा निकै ध्यान दिनुपर्ने हुन्छ । 


कस्तो लाग्यो ?

यो पनि