बैशाख ३०, २०८१, आइतबार
               

जुनियर प्रिमियम टेनिस प्रतियोगिता सुरु

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । टिम टेनिस नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको धापाखेलमा एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले आइतबार उद्घाटन गरे ।

प्रतियोगितामा १२९ खेलाडीको सहभागिता रहेको छ । उनीहरूले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जानकारी दिए । 

प्रतियोगिताअन्तर्गत यु–८ एकल ब्वाइजतर्फ निश्चल ज्ञवाली तथा गल्र्सतर्फ निश्वी गोर्खालीले स्वर्ण पदक जितेका छन् । फाइनलमा ज्ञवालीले शुभन केसीलाई १०–५ र १०–२ अङ्कले तथा गोर्खालीले आयुश्री घलेलाई ८–१०, १०–३ र १०–८ अङ्कले पराजित गरे । प्रतियोगिता शुरु हुनुअघि मन्त्री तामाङले प्रतियोगिता आयोजक टिम टेनिस नेपालले धापाखेलमा निर्माण गरेको कोर्टको समेत उद्घाटन गरेका थिए । 

जुनियर टेनिस खेलाडीका अभिभावकहरू मिलेर दुई करोड ५० लाख रुपैयाँको लागतमा सो कोर्ट निर्माण गरिएको टिम टेनिस नेपालका निर्देशक विष्णुबहादुर थापाले जानकारी दिए ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण उपलब्ध गराउने उद्देश्यका साथ कोर्ट निर्माण गरिएको उनले बताए । करीब साढे ६ रोपनी क्षेत्रफलमा ६ वटा कोर्ट निर्माण गरिएका छन् । तीनवटा डबल्स कोर्ट, एक–एकवटा रेड तथा एउटा ओरेन्ज बल कोर्ट निर्माण गरिएका छन् ।

उक्त कोर्टमा यु–८ देखि २० वर्षसम्म उमेर समूहका खेलाडी तथा भेट्रान खेलाडीका लागिसमेत प्रशिक्षणको व्यवस्था मिलाइएको थापाले बताए । हाल त्यहाँ ३२ खेलाडी प्रशिक्षणरत छन् । विदेशी र नेपाली प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि