बैशाख २४, २०८१, सोमबार
               

आर्सनलद्वारा युनाईटेड ४–२ गोलले पराजित

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । गए राति भएको इंग्लिस प्रिमियर लिगअन्तरर्गतको फुटबल खेलमा आर्सनलले लीड्स युनाईटेडलाई ४–२ गोलले हराउँदै शानदार जित हासील गरेको छ ।

उक्त खेलमा पिर्रे एमरिक आयुबाम्याङले ह्याट्रिक गरेका थिए ।​ आर्सनलको त्यस जितमा ह्याट्रिक गरेका आउबाम्याङले खेलको १३, ४१ र ४७औँ मिनेटमा गोल गरेका थिए । एक गोल भने हेक्टर बेलेरिनले गरेका छन् ।

साथै, लीड्सका लागि पास्कल इस्टुज्रिक र हेल्डर कोस्टाले गोल गरेका थिए । उक्त जितसँगै आर्सनल २४ खेलबाट ३४ अंकसहित लिगको १० औँ स्थानमा रहेको छ । 
 

यो पनि