बैशाख १७, २०८१, सोमबार
               

बार्सिलोनाले आलाभेसलाई ५–१ गोलले हरायो

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगाअन्तरर्गतको फुटबल खेलमा बार्सिलोनाले आलाभेसलाई ५–१ गोलले हराएको छ । गए राति भएको उक्त खेलमा बार्सिलोनाले आलाभेसलाई हराएर फराकिलो जित हासील गरेको हो ।

घरेलु टिम बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनकाओले समान २–२ गोल गरेका थिए भने जुनियर फिर्पोले एक गोल गरेका थिए ।

आलाभेसका लागि लुइस रिओजाले एक गोल फर्काए। खेलको २९औँ मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै बार्सिलोनालाई १–० गोलको अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ५७औँ मिनेटमा लुइसले गोल गर्दै आलाभेसलाई २–१ को स्थितिमा ल्याएका थिए । यस जितसँगै बार्सिलोना डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई पछि पार्दै लिगको दोस्रो स्थानमा प्रवेश गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि