बैशाख १७, २०८१, सोमबार
               

टाइग्रेसलाई हराउँदै बायर्नले पायो विश्वकपको उपाधि

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । मेक्सिकोको टाइग्रेसलाई १–० गोलले हराउँदै जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधि हात पारेको छ । गए राति कतारमा सम्पन्न भएको उक्त फाइनल खेलमा मेक्सिकोको टाइग्रेसलाई हराउँदै बायर्नले उपाधि हात पारेको हो ।

बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरेका थिए भने पाभर्डले खेलको ५९औँ मिनेटमा गोल हानेका थिए । फिफा क्लब विश्वकप फुटबलको उपाधि बायर्नले यो दोस्रो पटक जित हात पारेको को हो ।

यसअघि सन् २०१३ मा बायर्नले पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको थियो । बायर्नले खेलअवधिभर राम्रो खेल्दै एकपछि अर्को प्रहार गरेको थियो ।

१७ पटक टिग्रेसको पोष्टमा प्रहार गरेको बायर्नले ५६ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको थियो ।

यसअघि सेमिफाइनलमा बायर्नले इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियोे। सेमिफाइनलमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुवै गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि