बैशाख १७, २०८१, सोमबार
               

नाडाल, मेडभेडेभ र स्टेफानोसा अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

राफेल नाडाल, डानिल मेडभेडेभ र स्टेफानोस सिट्सिपास अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार भएको खेलमा विश्व नम्बर दुई स्पेनिस नाडालले कीर्तिमान २१ औँ ग्राण्डसलाम उपाधि जित्ने यात्राको सुरुवात जितबाट गरेका हुन् । उनले लास्लो जेरीलाई पराजित गरेका हुन् ।

ब्याक इन्जुरीका कारण गएको हप्ता एटिपी कप नखेलेका नाडालले अस्ट्रेलियन ओपनमा मंगलबार सर्बियन खेलाडी लास्लोलाई ६–३, ६–४ र ६–१ को सेटमा पराजित गरेका हुन् ।

अब उनले दोस्रो चरणमा १७७ औँ बरियताका अमेरिकी खेलाडी माइकल मोहसँग खेल्ने छन् ।

चौथो बरियताका रुसी खेलाडी मेडभेडेभसँगै अर्का रुसी खेलाडी एन्ड्री रुब्लेभ पनि दोस्रो चरणमा पुगेका छन् ।

यस्तै पाँचौँ बरियताका स्टेफानोसले ३६ वर्षे फ्रेन्च खेलाडी गिलेस सिमोनलाई ६–१, ६–२ र ६–१ को सेटमा पराजित गरेर दोस्रो चरणमा स्थान बनाए । यता, तेह्रौँ बरियताका डेविड गोफिन भने वाइल्ड कार्ड मार्फत प्रतियोगितामा प्रवेश पाएका एलेक्सी पोपिरिनसँग पराजित भएर पहिलो चरणबाटै बाहिरिए ।


कस्तो लाग्यो ?

यो पनि