बैशाख १७, २०८१, सोमबार
               

रियल मड्रिडद्वारा गेटाफे २–० गोलले पराजित

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनीस ला लिगाअन्तर्गतको फुटबल खेलमा रियल म्याड्रिडले गेटाफेलाई २–० गोलले पराजित गरेको छ । घरेलु मैदानमा गए राति भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६०औँ मिनेटमा रियलले अग्रता बनाएको थियो । रियलका लागि बेम्जिमाले भिनिसियस जुनियरको पासमा पहिलो गोल गरेका हुन् ।

त्यसपछि खेलको ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २–० गोलले सहज जित दिलाएका थिए । यससँगै रियलले एट्लेटिकोसँगको दूरी पाँच अंकमा छोट्याएको छ । तर एट्लेटिकोले दुई खेल कम खेलेको छ । 


कस्तो लाग्यो ?

यो पनि