जेठ ०२, २०८१, बुधबार
               

भारोत्तोलन संघका पदाधिकारीसँगको भेटमा खेलकुद मन्त्रीको यस्तो प्रतिवद्धता

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल भारोत्तोलन संघका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्री दावा लामालाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । 

संघका अध्यक्ष राम श्रेष्ठ (बोस), उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायत सहभागीहरुले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री लामालाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलाडी प्रोत्साहन भत्तालाई निरन्तरता दिने निर्णय गरेर मन्त्री लामाको निर्णयको प्रशंसा गरे ।  

यस कार्यबाट ओलम्पियन, एशियाली, दक्षिण एशियालीलगायत धेरै प्रतिस्पर्धामा पदक जितेका खेलाडीहरु लाभान्वित हुने भएकाले खेलाडी तथा खेलकर्मीहरु हर्षित बनेको श्रेष्ठले बताए । 

भारोत्तोलन संघको विकास र बिस्तारमा मन्त्रालयको साथ र सहयोग रहने श्रेष्ठले आशा व्यक्त गरे ।

सर्वाधिक अन्तर्राष्ट्रिय पदक ल्याउने खेल भारत्तोलनको कार्यालय समेत नहुनु र प्रशिक्षकको कमी हुनु बिम्डबनापूर्ण रहेको महासचिव राउतले बताए । 

पर्याप्त प्रशिक्षक उपलब्ध गराउन, र खेलमैदानहरुको निर्माणमा सहयोग गर्न उनले मन्त्रीसँग आग्रह गरे । पदक जित्ने खेललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सुझाव राउतले मन्त्री लामालाई दिए ।

मन्त्री लामाले भारोत्तोलन संघका पदाधिकारीहरुसँगको भेटघाट र अन्तरक्रियाले  आफूलाई थप सक्रिय हुन उर्जा मिलेको बताए । 

खेलक्षेत्रका व्यक्तिहरुसँग यस क्षेत्रको विकास तथा विस्तारका लागि परामर्श गर्ने क्रम निरन्तर चलिरहेको उनले बताए ।

‘खेलाडी तथा खेलकर्मीका सुझावहरुलाई मनन गर्दै यस क्षेत्रको विकासमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु । मन्त्रालयले खेलाडी र खेलकर्मीलाई नै केन्द्रमा राखेर विकासका कार्यक्रमहरु ल्याउनेछ,’ मन्त्री लामाले भने ।


कस्तो लाग्यो ?

यो पनि