जेठ ०२, २०८१, बुधबार
               

इपिएलमा लिभरपुलद्वारा युनाइटेड ३–१ गोलले पराजित

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरर्गतको फुटबल खेलमा लिभरपुलद्वारा वेस्ट ह्याम युनाइटेड ३–१ गोलको अन्तरले पराजित भएको छ । गएराति सम्पन्न भएको उक्त खेलमा लिभरपुलले मोहम्मद सलाहको दुई गोल मद्दतमा लगातार दोस्रो जित हासील गरेको हो ।  

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ५७ औँ र ६८ औँ मिनेटमा सलाहले गोल गरे । त्यसपछि ८४ औँ मिनेटमा जर्जिनोले टोलीका लागि तेस्रो गोल गरेका थिए । वेस्टले भने ८७ औँ मिनेटमा एक गोल फर्काएको थियो। वेस्टका क्रिग डावसनले सान्त्वना गोल गरेका थिए ।

यस जितपछि लिभरपुल अंक तालिकाको तेस्रो स्थानमा प्रवेश गरेको छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले समान खेलबाट ४१ अंक जोड्दा शीर्षको लिभरपुलले एक खेल कम खेल्दै ४४ अंक जोडेको छ। 
 

यो पनि