जेठ ०२, २०८१, बुधबार
               

खेलकुद विकासको लागि पूर्वाधार प्राथमिकतामा

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

गण्डकी प्रदेश तेक्वान्दो संघ (आइटिएफ) द्वारा शनिबार पोखरामा आयोजना गरिएको खेलाडीको ग्रेडिङ समापन कार्यक्रममा उनले प्रदेश सरकारले बहुउद्देश्शीय रङ्गशाला निर्माणको योजना बनाए पनि जमीन प्राप्तिमा ढिलाइ भएको बताए ।

चालू आवको बजेट कार्यक्रममा बहुउद्देश्शीय रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएकाले जग्गा प्राप्त भए लगत्तै काम अघि बढ्ने उनको भनाइ छ ।

गण्डकी प्रदेश खेलकुदको पर्याप्त सम्भावना रहेको प्रदेशको रुपमा बताउँदै मुख्यमन्त्री गुरुङले छिट्टै प्रदेश खेलकुद परिषद्को गठन गरिने जानकारी दिए ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद रामहरि खतिवडाले खेलकुद विकासका लागि क्षमतावान् नयाँ नयाँ खेल प्रतिभा पहिचान तथा उनीहरुलाई उचित अभ्यासको खाँचो रहेको बताए ।

आइटिएफ तेक्वान्दोका प्रमुख सल्लाहकार लिलाभक्त थापाले खेलकुद विकाससँगै खेलाडीको संरक्षण तथा प्रोत्सहानका लागि राज्यको ध्यान जानुपर्ने बताए ।

दुई दिनसम्म पोखरामा चलेको कार्यक्रममा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, तनहुँ, नवलपुर, पर्वत र लमजुङका गरी १५० खेलाडी दिक्षित भएको र उनीहरुलाई पदर्शनअनुसार ‘ब्ल्याक बेल्ट फष्टडान’, ‘सेकेण्ड डान’ र ‘थर्ड डान’ को बेल्ट प्रदान गरिएको संघका अध्यक्ष यमबहादुर थापा मगरले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि