बैशाख १९, २०८१, बुधबार
               

आर्मीले जित्यो प्रधानमन्त्री कपकाे उपाधि

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

टियु क्रिकेट मैदानमा आर्मीले दिएको २१२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफले ४१ ओभर ३ बलमा अलआउट हुँदै १७८ रन मात्र बनाउन सक्यो । 

आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २११ रन बनाएको थियो ।

उपाधिसंगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो । आर्मीको यो पहिलो एकल उपाधि हो । यस अघि पहिलो संस्करणमा आर्मीले उपाधि पुलिससँग बाडेको थियो । यसअघि एपीएफले सन् २०१८ मा उपाधि जितेको थियो ।


कस्तो लाग्यो ?

यो पनि