जेठ ०१, २०८१, मंगलबार
               

लिग सुरू गर्न १ महिना बाँकी हुँदा ‘बी’ डिभिजन लिगका खेलाडी क्लबको सम्पर्क बाहिरै

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

ठमाडौं– शहीद स्मारक ‘बी’ डिभिजन लिगका खेलाडी क्लबको सम्पर्कबिहिन भएका छन् । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै खेलाडीलाई क्लबको सम्पर्कमा आउन भनेको छ ।

फागुन ११ गतेदेखि सुरू हुने तय भएको लिग सुरू गर्न १ महिना बाँकी हुँदा खेलाडी सम्पर्कबिहिन भएका हुन् ।

२०७६ सालको चैतमा ‘बी’ डिभिजन लिग चलिरहँदा कोरोना भाइरस (कोभिड–१९) का कारणले बीचमै रोकिएको थियो ।

उक्त लिगको निरन्तरताका रुपमा पुन: फागुन ११ गतेदेखि सुरू हुँदैछ । अभ्यास सुरू गर्ने समयमा खेलाडी सम्पर्कबिहिन भएपछि क्लबहरु अलमलमा परेका छन् । एन्फाले क्लबले दर्ता गरेका खेलाडी सम्पर्कमा नआए कानुनअनुसार कारबाही गर्ने सूचनामार्फत बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि