जेठ ०१, २०८१, मंगलबार
               

प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

नेपाली व्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट व्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ ।

बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कलिलो उमेर देखि व्याडमिन्टन र्‍याकेट समाती विभिन्न बाधा अवरोधलाई झेल्दै विश्व व्याडमिन्टन महासंघको यु १९ तर्फको परियतामा तेश्रो नम्बरमा उक्लन सफल भई राष्ट्र, व्याडमिन्टन खेल, संघ र खेल क्षेत्रको उच्च सान र मान राख्न सफल भएकोमा त्यसको कदर स्वरुप कदरपत्रद्वारा सम्मान गरिएको जनाइएकाे छ । 

एकेडेमीका अध्यक्ष पाठकले व्याडमिन्टन खेलको विकास र विस्तारको उद्धेश्यका साथ विगत ५ वर्ष देखि एकेडेमी संचालन गर्दै विभिन्न राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएकाे बताए । 
 


कस्तो लाग्यो ?

यो पनि