जेठ ०१, २०८१, मंगलबार
               

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आजबाट सेमिफाइनलका खेल

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनलका खेल शुरु भएका छन् ।

पहिलो सेमिफाइनलमा अहिले विभागीय टोलीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीकोबीच प्रतिस्पर्धा जारी छ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको हो ।

 नेपाल क्रिकेट संघ (क्यान)को आयोजनमा काठमाडौंमा जारी खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफ प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मञ्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले समूह बी को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

क्यानले यसअघि अघिल्लो वर्षको माघमा आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला आयोजना गरेको थियो भने अघिल्लो महिना प्रधानमन्त्री कप महिला प्रतियोगिता आयोजना गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि