जेठ ०१, २०८१, मंगलबार
               

म्यानचेस्टर सिटीद्वारा वेष्ट ब्रुम ५–० गोलले पराजित

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलले पराजित गर्दै शीर्ष स्थानमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहिम स्टर्लिङले गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म चार गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित हासील गरेको हो । साथै, खेलको छैटौँ मिनेटमा गुन्डगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाएका थिए ।

 उक्त खेलमा हारेको वेष्ट ब्रुम भने २० खेलबाट ११ अंक बनाउँदै लिगको पुछारदेखि दोस्रो स्थानमा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि