जेठ ०१, २०८१, मंगलबार
               

चेल्सीले गरे मुख्य प्रशिक्षकलाई बर्खास्त

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । उनकाे स्थानमाचेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताइएको छ ।

४२ वर्षीय लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताए । यसक्रममा लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकालेको थियो ।

यो सिजन चेल्सीको प्रदर्शन बिर्सनलायक बनेको छ । सोही कारण क्लबले उनलाई बर्खास्त गरेको हो । चेल्सी यो सिजन २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । चेल्सी तथा इंग्ल्यान्डका पुर्व मिडफिल्डर लाम्पार्ड ४ जुलाई २०१९ मा ३ वर्षको लागि चेल्सीको मुख्य प्रशिक्षक बनेका थिए ।

खेलाडीको रुपमा चेल्सीमा १३ वर्ष बिताउँदा लाम्पार्डले ६४८ पटक क्लबबाट खेलेका थिए । उनले चेल्सीमा रहदाँ मुख्य ११ उपाधि जितेका थिए । तर १८ महिना प्रशिक्षककाे रुपमा बस्दा उनी उपाधिविहीन बने ।


कस्तो लाग्यो ?

यो पनि