प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २४० रन बनायो ।
आर्मीका हरि चौहानले ५ विकेट लिए । साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १/१ विकेट लिए । आज आर्मी र एपीएफ जित निकाल्ने लक्ष्यसहित खेलिरहेका छन् ।
समूह 'ए' मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर, यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।
त्यसैले दुबै टिम जित निकाल्दै समूह विजेता बन्दै अन्तिम चारमा पुग्न चाहन्छ ।