जेठ ०५, २०८१, शनिबार
               

लिभरपुल पराजित

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल पराजित भएको छ ।  बिहीबार राति सम्पन्न खेलमा बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले  खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ ।

लिभरपुल ६८ औं खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । यस हारसंगै लिभरपुलले शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ । लिभरपुल ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि