जेठ ०५, २०८१, शनिबार
               

बार्सिलोना विजयी

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै जित दर्ता गरेकाे हाे ।

बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । 

खेलकाे ९२औं मिनेटमा पेड्रीको पासमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए । ११८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । रोनाल्ड एराउजोमाथि फल गरेपछि अल्वर्ट इस्टिललेस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

अन्तिम समयमा पेड्रीको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाउदै प्रि क्वाटरफाइनलमा पुर्‍याए ।


कस्तो लाग्यो ?

यो पनि