बैशाख १८, २०८१, मंगलबार
               

पीएम कप : कर्णालीको ऐतिहासिक जित

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले ऐतिहासिक जित दर्ता गरेकाे छ । उसले गण्डकी प्रदेशलाई पाँच विकेटले हरायो ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा २०४ रनमा अलआउट भयो । खराव सुरुवात गरेको गण्डकीले दुई रनमा पहिलो विकेट गुमायो भने १४ रनमा दोस्रो विकेट खेर फाल्यो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रन बनाए । त्यस्तै, अर्जुन कुमालले ४६, कप्तान बिपिन खत्रीले ३२, विशाल पौडेलले १५, दिनेश बुढामगरले १० रनको योगदान दिए । 

बलिङमा दिनेश अधिकारीले उत्कृष्ट प्रदर्शन गरे । उनले ६.३ ओभरमा २५ रन दिएर तीन विकेट लिए । त्यस्तै, अन्जु चुनारा, दिवान पुनले २/२ र कप्तान रवीन्द्र शाहीले १ विकेट हात पारे ।

जवाफमा कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कर्णालीको जितमा हिमांशु शाहीले ६८ रन बनाए भने विपिन रावलले ४९ रन बनाए । यस्तै राज शाहले ३२ रन बनाए ।

गण्डकीले आफ्नो अन्तिम खेल एपिएफसँग माघ ८ मा मुलपानीमा खेल्ने छ । कर्णालीले तेस्रो खेलमा माघ ९ मा टियुमा खेल्ने छ ।


कस्तो लाग्यो ?

यो पनि