जेठ ०५, २०८१, शनिबार
               

पिएम कप : आज पनि दुई खेल हुँदै

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलवार पनि दुई खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सोमबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले हराएको थियो भने पहिलो खेलमा गण्डकी आर्मीसँग पराजित भएको थियो ।

यस्तै आजै हुने समूह बीको खेलमा लुम्बिनी र प्रदेश(२ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुबै टोलीले आज पहिलो खेल खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे नै सुरु हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि