बैशाख १४, २०८१, शुक्रबार
               

अस्ट्रेलियामा जारी क्रिकेट : सन्दीप लगातार विकेट लिनबाट चुके

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहको छ । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने सोमबार पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुकेका छन् । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आएका उनले सो ओभरमा ६ रन खर्चिए । 

आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई ९ रन दिए । तेस्रो ओभरमा उनले पाँच रन मात्र खर्चिए भने चौथो ओभरमा लामिछानेले ८ रन दिए । होबार्टका लागि उनले ४ ओभर बलिङ गर्दै २८ रन खर्चिए । 

यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहेका थिए । उक्त खेलमा उनले विपक्षी खेलाडीलाई ४ ओभरमा २३ रन दिएका थिए । अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले ४ विकेट लिएका छन् ।

लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ । योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ । होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये ६ मा जीत तथा पाँचमा हार बेहोरेको छ । होबार्टले कूल २३ अङ्क जोडेको छ ।  


कस्तो लाग्यो ?

यो पनि