जेठ ०५, २०८१, शनिबार
               

पिएम कप : आर्मी र बागमती प्रदेश विजयी

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौंकाे मुलपानी र किर्तिपुरमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस्तै आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साबिकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेशले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । 

प्रतियोगितामा सोमबार किर्तिपुरको मैदानमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश १ बीच मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ।


कस्तो लाग्यो ?

यो पनि