बैशाख १७, २०८१, सोमबार
               

प्रिन्स बने पुष्पलाल स्मृति ब्याडमिन्टन च्याम्पियन

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

प्रिन्स दाहालले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा १६ वर्षे प्रिन्सले दीपेशलाई २१–१८ र २१–१३ को सोझो सेटमा हराएका थिए । तीन दिन अघि मात्र प्रिन्स विश्व जुनियर वरियताको तेस्रो नम्बरमा उक्लेका थिए ।

गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत विजयी खेलाडीलाई पुरस्कृत गरे ।

 


कस्तो लाग्यो ?

यो पनि