जेठ ०२, २०८१, बुधबार
               

पिएम कप : बागमतीलाई पुलिसले दियो झिनो लक्ष्य

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जारी प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा बागमतीविरुद्ध नेपाल प्रहरीको विभागीय टिमले ११२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा नेपाल प्रहरीले २९ ओभर तीन बलमा पूरा विकेट गुमाएर १११ रन बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रहरीका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१/२१ रन बनाए ।

त्यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७/१७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

यता बागमतीका लागि तिलक भण्डारी र नन्दन यादवले समान ४/४ विकेट लिए भने रामनरेश गिरीले दुई विकेट लिए ।

यो पनि