जेठ ०५, २०८१, शनिबार
               

पिएम कपमा एपिएफको शानदार जित

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफले शानदार विजयी सुरुवात गरेको छ । शनिबार एपिएफले प्रदेश एकलाई १३५ रनको फराकिलो अन्तरले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको छ ।

जितको लागि २४४ रनको विजयी पछ्याएको प्रदेश एक ४२.४ ओभरमा १०८ रनमा अल आउट भयो । एक समय १४.३ ओभरमा ५३–१ को अवस्थामा रहेको प्रदेश एकका ब्याट्सम्यान त्यसपछि अभिनाश र वसन्तको बलमा एकपछि अर्को गलत सट खेल्दै लगातार आउट भएपछि सस्तैमा समेटिन पुगेको हो । प्रदेश-१ लाई सस्तैमा समेट्न एपीएफका अविनास बोहराले १८ रन खर्चिएर ५ विकेट लिए । यस्तै वसन्त रेग्मीले २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपिएफ ४८.४ ओभरमा २४३ रनमा अल आउट भएको थियो । एपिएफका ओपनर आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । प्रदेश-१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए ।

एपिएफले आफ्नो दोस्रो खेलमा माघ ८ मा गण्डकीसँग मुलपानीमा खेल्ने छ । प्रदेश १ ले सोमबार मुलपानीमै गण्डकीसँग प्रतिस्पर्धा गर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि