एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा एकै वर्षमा ४ पटक ‘प्लेयर अफ दि मन्थ’ बनेका छन् ।
पछिल्लोपटक डिसेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार डिसेम्बर महिनाको ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेको हो ।
फर्नान्डेस एकै वर्षमा ४ पटक ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।
यसअघि उनले फेब्रुअरी, मे र नोभेम्बरमा ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका थिए ।