जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको विजयी सुरुवात

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

आजदेखि सुरु भएकाे प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मीले विजयी सुरुआत गरेकाे छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराउदै जित दर्ता गरेकाे हाे । 

समूह ‘ए’ को खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको आर्मीले कप्तान विनोद भण्डारीको उत्कृष्ट नटआउट १११ रनको मद्दतले ६ विकेटमा २८७ रन बनाएको थियो । विनोदले ७६ बलको मात्र सामना गरे र नौ चौका तथा पाँच छक्का प्रहार गरे । उनी ‘म्यान अफ द म्याच’ रहे । त्यस्तै   राजेश पुलामीको पाँच विकेट लिएर उत्कृष्ट बलिङ गरेका थिए । 

२८८ रनकाे लक्ष्य पछ्याउदै मैदानमा उत्रेकाे  गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन मात्र बनायो ।


कस्तो लाग्यो ?

यो पनि