मंसिर ०७, २०८१, शुक्रबार
               

मड्रिडलाई हराउँदै एथ्लेटिक फाइनलमा

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । साविक विजेता रियल मड्रिड स्पेनिस सुपर कपबाट बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा रियल एथ्लेटिक विल्वाओसँग २-१ ले पराजित भएको हो ।

राहुल गार्सियाको दुई गोल मद्दतमा एथ्लेटिक विल्वाओले रियललाई २-१ ले पराजित गरेको हो ।

खेलको १८औं मिनेटमा गार्सियाले गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा गार्सियाले नै पेनाल्टीबाट गोल गर्दै विल्वाओको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा रियलले एक गोल फर्काएपनि हार टार्न सकेन । ७३औं मिनेटमा रियलका करिम बेन्जामाले गरेको गोल सान्तवना मात्र रह्यो ।

विल्वाओले अब फाइनलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

एथ्लेटिक विल्वाओ बार्सिलोना फाइनल खेल आइतबार हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि